काठमाडौं, २३ भदौ । यस वर्षको दशैं आउन झण्डै तीन साता बाँकी रहदा घर फर्कन चाहनेहरूका लागि १ असोजबाटै सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ने भएको छ।

चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवाप्रदायकहरूले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ १ असोज शनिबारदेखि खुला गर्ने निर्णय गरिएको छ ।

यसपटक टिकट बुकिङ गर्न टिकट काउन्टरमै पुग्नुपर्ने बाध्यता पनि हटेको छ। विभागका अनुसार अनलाइनबाटै टिकट काट्न सकिनेछ। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने विभागले जनाएको छ।