काठमाडौँ, २२ भदौ । प्रतिनिधिसभाको कार्यकाल अब ११ दिनमा सभा सकिँदैछ । प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछिको पहिलो बैठकसम्म पुर्याउने आफ्नै प्रस्तावबाट सत्तापक्ष पछि हटेपछि अब ११ दिन बाँकी रहेको हो ।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरूले असोज २ मा समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्दै छन्, अघिल्लो दिन असोज १ मा नै सांसदहरू बिदा हुनुपर्नेछ ।
सरकारले शुक्रबार राति दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउन पनि प्रस्ताव मिसाएको थियो । तीव्र आलोचनापछि सत्तापक्षबाटै संशोधन प्रस्ताव राखेर विधेयकबाट उक्त व्यवस्था फिर्ता गरिएको छ ।











