इन्द्रेणी संवाददाता

लामो समयदेखि भरपर्दो, सुरक्षित तथा हाइजानिक खाना पकाउने सामाग्री उत्पादन गर्दै आइरहेको कोरियन कुक्को कम्पनीका किचन तथा वेडरुमका सामग्री दाङको घोराहीमा उपलब्ध हुने भएका छन् । नेपाल एचवन फिटनेस कम्पनीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आल्मोनियन नभएका मानव स्वास्थ्यमा लाभ दिने भाँडावर्तन रहेको जनरल म्यानेजर कोमलप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार दक्षिण कोरियाको उत्पादन हो । विश्व बजारमा प्रख्यात छ । नेपालमा भने यसका उत्पादन भर्खरै भित्रिदैछन् । इन्डक्स चुलो, कुकर लगायतका किचन सम्बन्धिका सम्पूर्ण सामान छन् । त्यस्तै गरेर बेड,म्याटेस लगायतका सम्पूर्ण सामाग्रीहरु पनि यो कम्पनीले बिक्री वितरण गर्ने कम्पनीले जनाएको छ  ।