रुपन्देही, ३० साउन । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।
मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया ४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।
युवकको पेटको बायाँतर्फ गोली लागेका छ । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











