अपांगता भएका विद्यार्थीहरुलाई आज सिसहनियाँमा एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । अपांग समन्वय समिति सिसहनियाँको आयोजना एवम सिसहनियाँ गाविसको आर्थिक सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

downloadसमितिका अध्यक्ष सुशीला सुवेदीको अध्यक्षता एवं गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८ वटा सामुदायीक विद्यालयका ८ जना अति गरीव तथा विपन्न अपांगता भएका विद्यार्थीहरुलाई ५ हजार रुपैया वरावरको कापी, कलम वितरण गरिएको हो ।

समितिका उपाध्यक्ष भोजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा , राप्रपा नेपालका टेकबहादुर कार्की, राजमोका माधवप्रसाद आचार्य , सिसहनियाँ उद्योग वाणिज्य संघका सहसचिव कुमार अधिकारी, सर्वोदय उच्च माविका शिक्षक हेमराज अधिकारी , शंकर माविका प्रअ रामकुमार चौधरी , सरस्वती निमाविका तुल्सी चौधरी र हंशेश्वर प्राविका प्रअ बासुदेव ज्ञवाली लगाएतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।।