काठमाडौं, २१ असार । विदेशी विनिमय अपचलन गरेको अभियोगमा गणेश पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले आठ करोड २३ लाख २६ हजार आठ सय रुपियाँ बिगोसहित पौडेलविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पौडेलविरुद्ध उक्त बिगोसहित जिल्ला अदालत काठमाडौं सोमबारमा मुद्दा दायर गरेको विभागले जनाएको छ । विदेशी विनियम कारोबार गर्न इजजातपत्र नलिई विदेशी विनिमय अपचालन गरेको आरोप पौडेलमाथि छ ।

उक्त रकम नेपालमा विभिन्न व्यक्तिलाई भुक्तानी दिएको देखिएको हुँदा आर्थिक लाभ लिने प्रयोजनका लागि व्यावसायिक रुपमै अपनाएको विभागको ठहर छ । विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम पौडेलले नेपालतर्फको फरफरक भुक्तानी गरेको देखिएको छ । पौडेल कुश्मा–१ पर्वत स्थायी घर भई हाल काठमाडौं–२२ सामाखुशी बस्दै आएका छन् ।