काठमाडौं, २१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई, डिजल, मट्टीतेलमा प्रटिलिटर नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ८१, डिजल मट्टीतेल १ सय ७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको निगमले जनाएको छ ।