जनज्याेति पशुपंक्षी पालक कृषक सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित कृर्षि फर्मकाे उद्घाटन बुधवार एक कार्यक्रमका बीच गरिएको छ ।
संस्थाकाे आयाेजनामा फर्मका सञ्चालक प्रिन्स बुढा र पिन्जु बुढा मगरले सयुक्त रूपमा फर्मकाे उद्घाटन गर्नु भएकाे थियाे ।
सचालक प्रिन्स बुढा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनसाँस्कृतिक महासघका केन्द्रीय उपाध्यक्ष प्रगति महराले कृर्षि क्षेत्रकाे लगानी र विकासले मुलुकमा आर्थिक , सामाजिक परिवर्तन गर्न सकिने बताउनु भयाे । कृर्षि क्षेत्रमा पछिल्लाे समय बढ्दाे आकर्षणले मुलुक आर्थिक एवं कृर्षि परिवर्तन बढ्दाे रहेकाे बताउनुभयाे ।
कार्यक्रममा जनवादप कलाकार एव नेकपा माओवादी केन्द्रका नेता रन्जित बुढाले कृर्षि क्षेत्रमा लगानी नै मुलुककाे समृद्ध बन्न सक्ने बताउनु भयाे । कार्यक्रमकाे सचालन अनिल बुढाले गर्न भएकाे थियाे।











