सल्यान, ३ असार
सल्यानमा यो बर्ष गत वर्षभन्दा ७७ लाखभन्दा बढी राजस्व संकलन भएको छ । भर्खरै सकिएको आर्थिक बर्षमा ७ करोड ६३ लाख ८७ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानले जनाएको छ ।salyan

गत वर्ष ६ करोड ८६ लाख मात्रै राजस्व संकलन भएकोमा यो बर्ष अग्रिम आय, राहदानी, मुल्य अभिवृद्धि, पारिश्रमिक कर तथा बनको रोयल्टीबाट रकम संकलन भएको हो । यो वर्ष राजस्व संकलनका लागि कडाइ गरिएकोले सल्यानमा राजश्य वृद्धि भएको कोष नियन्त्रक पदम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला विकास समिति, प्राविधिक कार्यालय, सिंचाई, खानेपानीलगायतका कार्यालयबाट ठुलो मात्रामा रकम फ्रिज भएको छ । घिमिरेका अनुसार विकासे कामकाजका अड्डा जिविस र प्राविधिक कार्यालयबाट रकम फ्रिज जानु स्वभाविक भए पनि अन्य कार्यालयबाट रकम फ्रिज हुनुमा कर्मचारीको कमजोरी भएको टिप्पणी उहाँले गर्नुभयो ।

सल्यानमा सबैभन्दा बढि रकम सिंचाई डिभिजन कार्यालयबाट फ्रिज भएको छ ।।