धनगढी,२० मंसिर । बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका १ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ। दुर्घटना बारेमा थप विवरण आउन बाँकी छ ।