काठमाडौं, ८ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा एमालेले कुनै पार्टीसँग एकता पनि नगर्ने र एकीकरण नगर्ने बताएका छन् ।
युवा संघले बनाएको साइबर सर्कल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले पार्टी एकताको ढोका बन्द गरिसकेको तर एमालेमा आउन चाहानेहका लागि भने ढोका खुल्ला रहेको बताए ।
‘अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, नो एकता, नो एकीकरण’ अध्यक्ष ओलीले भने, ‘जो साथीहरु हुनुहुन्छ आउनुस्,, एमाले मिलेर काम गरौं ।’











