इन्द्रेणी संवाददाता
काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
उक्त अवधिमा ७ हजार ५९० जनाको पीसीआर परीक्षण र २ हजार ३३० जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा हाल ७ हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यसैगरी पछिल्लो २४ घण्टामा चार जना कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ। उक्त अवधिमा २३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।











