इन्द्रेणी संवाददाता 
दाङ, २० असोज । चाड पर्व नजिकिदै गर्दा घोराही उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । यो समयमा बजारमा म्याद गएकादेखि विभिन्न अखाद्य बस्तुहरु विक्री वितरण हुन सक्ने भन्दै अनुगमनलाई तिब्रता दिएको हो ।

44दशै नजिकिदै गर्दा उपमहानगरपालिका बजारदेखि गाउँसम्मका पसलहरु दैनिकजसो अनुगमन थालिएको छ । यसैक्रममा आज घोराही उपमहानगरपालिकाको भिंग्रेली चोक र भिमसेन टोलका पसलहरु अनुगमन गरिएको छ ।

अ1नुगमनका क्रममा भिंग्रेली चोकमा रहेको एक पसलमा लामो समयदेखि म्याद गएको घ्यू फेला पारिएको थियो । चोकको एक किराना पसलमा पतञ्जलीको र चामल किन्दा घ्यू सितैमा भन्ने अफर भएको घ्यू करीव एक वर्षदेखि म्याद गएको अवस्थामा विक्री कक्षमा राखिएको अवस्थामा फेला पारिएको थियो ।

243626281_945518586077244_4234372295974985786_nत्यस्तै अन्य म्याद गएका अखाद्य बस्तुहरु पनि फेला परेका थिए । टोलीले म्याद गएका अखाद्य बस्तुहरु नष्ट गर्नका लागि व्यवसायीहरुलाई नै बोरोमा प्याक गर्न लगाएको थियो । त्यस्तै सोही क्षेत्रकै पसलमा ५० ग्राम कम बनाएर सामान विक्री गर्ने गरेको तौल काँटा जफत गरिएको थियो ।

घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले केही व्यवसायीहरुले स्थानीय तहमा दर्ता नगरेर व्यवसाय सञ्चान गरेका र केहीले दर्ता गरेपनि नविकरण नगरेको फेला पारेको थियो । टोलीले व्यवसायीहरुलाई म्याद गएका अखाद्य बस्तुहरु विक्री गरेर उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड नगर्न र कानुनी प्रक्रिया पु¥याएर व्यवसाय सञ्चालन गर्न सुझाव दिएको थियो ।

2चाड पर्वको समयमा केही नियत खराव भएका व्यवसायीहरुले फाइदाका लागि म्याद गएको सामान एवं तौल कम गरेर उपभोक्ताहरुलाई सामाग्री विक्री गर्न सक्ने भन्दै यसमा उपभोक्ताहरु चनाखो बन्नुपर्ने बताए । ‘आफूले लिन लागेको खाद्यबस्तुको म्याद कति छ, त्यो खाना लायक छ कि छैन यसमा उपभोक्ताहरु चनाखो र सचेत बन्नुपर्छ’ प्रमुख अधिकारीले भने, ‘यदि कुनै व्यपारीले जानिजानी अखाद्य बस्तु विक्री गरिरहेको छ भने हामीलाई जानकारी दिनुहोस् हामी कारवाही गर्छौ ।’

अनुगमन टोलीमा घोराही उपमहानगरपालिका, जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु तथा सञ्चारर्कीको सहभागीता थियो ।