इन्द्रेणी संवाददाता
काठमाडौं, ८ असोज। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरमा १० हजार ५७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३७३ गरी कुल १ हजार ४७६ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै सोही अवधिमा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ पुगेको छ । शुक्रवार मात्रै १ हजार ५५० जना निको भएका छन् ।











