दाङ, १४ भदौ । राप्ती प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टलाई गरिएको दुव्र्यवहारको घटना घटेको तीन दिनसम्म पनि स्थानीय प्रशासनले दोषीहरूलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै दाङका स्वास्थ्यकर्मी र चिकित्सकहरू सडक आन्दोलनमा गएका छन् । शुक्रवारदेखि आन्दोलित चिकित्सकहरू आइतबारसम्म आइपुग्दा सडक तताउन सुरू गएका छन् ।
स्वास्थ्य सेवा ठप्प पारेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् । घटना भएको तेस्रो दिनसम्म पनि दोषी पक्राउ नपरेको भन्दै उनीहरूले आइतबार सडकमा नाराबाजीसमेत गरेका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला संयोजक सर्जन परियारसहित र४ जनाको समूहले शुक्रबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि मोसो दलेर दुव्र्यवहार गरेपछि चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन् ।
दोषीमाथि कारवाही र सुरक्षाको प्रत्याभूति माग्दै चिकित्सक आन्दोलित बनेका हुन् । सडकमा आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गरेका छन् । आन्दोलनमा निजी मेडिकलका सञ्चालक, स्वास्थ्यकर्मीसमेत सहभागी भएका छन् ।
दोषीलाई पक्राउ गरी कारवाही गर, स्वास्थ्य सेवामा काम गर्ने वातावरण सिर्जना गरौँ लगायतका नारा लगाउँदै उनीहरूले तुलसीपुर बजार परिक्रमा गरेका छन् । दोषी पक्राउ गरी कारवाही नगर्दासम्म आन्दोलनलाई जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक डा। ओम अर्यालले बताए । ‘विभिन्न बहानामा चिकित्सक तथा अन्य सहकर्मीप्रति दुव्र्यवहार भइरहेका छन् ।’ उनले भने– ‘शुक्रबार भएको घटना प्रतिनिधिमूलक घटना हो ।’ दोषीलाई पक्राउ गरी कारवाही नहुँदासम्म आन्दोलनलाई जारी राख्ने उनले बताए । ‘दोषिमाथि कारवाहीको माग गरेका छौँ ।’ उनले भने– ‘हामीलाई काम गर्ने वातावरणको ग्यारेन्टीको हुनुपर्छ ।’ प्रदेश टुडेबाट










