इन्द्रेणी संवाददाता

काठमाडौं, १४ भदौ । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व । यो पर्व आज भगवान् श्रीकृष्णको पूजाआजा गरेर मनाइदैछ ।

krishnaज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आज देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । साजन्म र गौरा पर्व पनि मनाइँदै छ ।