इन्द्रेणी संवाददाता
दाङ, ११ भदौ । नेपाल पत्रकार महासंघ दाङशाखाको बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले महासंघ आगामी कार्ययोेजना तयार गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवं मिडिया सञ्चालकहरुसँग सुझाव संकलन गर्ने भएको छ । जसका लागि यही भदौ १५ गते कार्यक्रमको आयोजनाको तय गरेको छ ।
त्यसैगरी हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा यही भदौ १९ गते शनिवार ‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषयक अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र दाङबाट सञ्चालनमा रहेका अनलाईन र यूट्यूबहरुको विवरण संकलन गर्ने निर्णय गरेको छ ।
महासंघ दाङका साधारण सदस्य जया पाण्डेको आमा तुलसीपुर ८ निवासी ७३ वर्षीय अमृता पाण्डे र साधारण सदस्य अर्जुन अधिकारीको आमा ८४ वर्षीय कृष्णा अधिकारीको हालै भएको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामनासहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय सचिव आरके शितलले जानकारी दिएका छन् ।











