रुपन्देही, ११ भदौ। रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । अविरल वर्षापछि आएको बाढीका कारण पुल भासिएको हो ।
पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

pulअविरल वर्षातका कारण त्यस क्षेत्रका केही भाग समेत डुवानमा परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको प्रहरीले जनाएको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।

आज विहानै देखि देशका धेरै ठाउँमा झरी परिरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ । वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ।