तुलसीपुर, २२ साउन । कोभिड महामारी नियन्त्रणका लागि इन्रुडेकको सहकार्यमा यूएसए आईडीले तुलसीपुर उपमहानगरपालिकामा ४ महिने अभियान संचालन गर्ने भएको छ ।

226341027_1458937287817473_4834386665950822980_nसाझेदारी– संघियता सहयोग अन्तर्गत यूएसए आइडीले महामारी नियन्त्रणका लागि अभियान संचालन गर्ने भएको । दाङमा यो कार्यक्रम तुलसीपुर उपमहागनरपालिका, दंगीशरण गाउँपालिका र घोराहीमा उपमहानगरपालिकामा लागु भएको छ ।

अभियान अन्तर्गत स्थानीय सेवा प्रभावहमा पारेको प्रभावको लेखाजोखा, कोभिड महामारीका बेला, प्रभावकारी योजना तथा प्रतिकार्यका लागि संचालन कार्यविधिको तर्जुमा, कोभिड–१९ विरुद्ध लक्षित समूह केन्द्रित जनचेतना अभियान, कोभिड विरुद्धको योजना तथा प्रतिकार्य लक्षित पालिकाको प्रथामिकताहरुको कायान्वययनमा सहयोग, कोभिड जस्ता आपतकालिन अवस्थामा न्यूनतम सेवा प्रभावहको सुनिश्चितताको लागि सूचना प्रविधिको प्रयोग लगएतका कृयापलापहरु संचालन गर्ने भएको छ ।

कार्यक्रममा तुलसीपर नगर प्रमुख घनश्याम पाण्डेले महामारी नियन्त्रणका लागि योजना वद्धढंगले अघि बढ्नुपर्ने बताए । कोभिडको असर अझै २÷३ बर्ष सम्म देखिन सक्ने भन्दै संभावित जोखिमबाट बच्नका लागि दातृनिकाय, विभिन्न संघसंस्था र सरोकारवला निकायको भूमिका अपरिहार्य हुने बताए ।

तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछने, तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, इन्रुडेकका अध्यक्ष धर्म रोकाय , तुलसीपुर उपमहागनरपालिका। कोभिड–१९ फोकल पसंन बिमल केसी, लगाएतले आआफ्ना धारना राखेका थिए ।