इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । केही दिन पहिले माओवादीबाट एमालेमा गएको विज्ञप्तिमार्फत जानकारी गराएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली (खत्री) आफू माओवादी केन्द्रमै रहेको बताएकी छन् ।

bimala oli photoगएको शुक्रवारदेखि पार्टीको सम्पर्कबाट वाहिर रहेकी वलीले विज्ञप्तिमार्फ एमालेमा भएको जानकारी गराएकी थिएइन् । तर पछि माओवादी केन्द्रको सम्पर्कमा आएर आफू एमालेमा नगएको बताएकी छन् ।

बुधवार पार्टीको सम्पर्कमा आएको भनिएपनि आज विहीबार उनी सार्वजनिक हुने बताइएको छ । वली दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उपचुनावमा निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।