दाङ, १६ साउन । दाङमा बाघले खोरभित्रै पसेर ९ वटा बाख्रा मारेको छ । लमही नगरपालिका वडा नं. ८ निम्बुखुट्टी निवासी रामप्रसाद चौधरीको खोरमै पसेर ९ वटा बाख्रा मारेको हो ।
रातको समयमा बाघले बाख्रा मारेको र बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र थाह पाएको पीडित राम प्रसादले बताए । खोर कच्ची भएकोले बाघ सजिलै गोठिभत्र छिरेको हुनसक्ने उनले बताए ।
बाघले मारेका बाख्रामध्ये ६ वटा बाख्रा गाभिना (बच्चा जन्माउने) रहेका र अन्य तीन वटा माउ बाख्रा हुन् । झण्डै दुई लाख जति क्षति भएको अनुमान गरिएको छ ।











