दाङ, १४ साउन । तुलसीपुर उपमहानगरपालिका–५ ‘ग’ लाइनमा रहेको त्रिवेणी डेरीको टेलिफोन लाइन विग्रिएको लामो समय भयो । दोस्रो चरणको कोरोना सुरू नहुँदै बिग्रिएको फोन मर्मतका लागि डेरी सञ्चालनकले पटक–पटक नेपाल टेलिकम तुलसीपुर शाखालाई मर्मतको आग्रह गरे ।

Untitled-1 copyडेरीले गरेको आग्रह कार्यालयले चार महिनापछि सुन्यो । प्राविधिक आएर मर्मत त गरे तर दुई दिनपछि फेरी त्यस्तै समस्या भयो । अहिले पनि फोन बिग्रिएको खबर गरेको भएपनि अहिलेसम्म मर्मत नभएको सञ्चालकको भनाई छ । ‘हाम्रो फोन लकडाउनभन्दा पहिले नै बिग्रिएको हो’ डेरी उद्योगकी पार्वती चौधरीले भनिन्, ‘हामिकदेखि प्राविधिकसम्म भन्दा–भन्दा साउनमा मर्मत भयो, फेरी बिग्रिसकेको छ, कति भन्नु अब त भन्दानी वाक्क लागि सक्यो’ पार्वतीले बुधबार गुनासो गरिन् ।

तुलसीपुर ‘क’ लाईन बीपी चोकका सञ्जय आचार्य पनि टेलिकमको कामदेखि दिग्दार बनेका छन् । ‘दुई महिनाभन्दा बढी भइसक्यो टेलिफोनको समस्या समाधान भएको छैन, सेवा परिस्कृत भएको छ, फाइवर विस्तार भएको छ, भनेर सुदृढ सेवा लिन खोज्यो जडान नै गर्न आउदैनन्’ उनले भने ‘चाररपाँच पटक कार्यालयमै धाए, फोन त कति भयो कति कसैले सुन्ने हैन । बरू तपाईले भन्दिनु प¥यो काम हुन्छ की रु’ उनले भने, ‘सबै सामान ल्याएर राखेको छु, आजभोलि भन्दा–भन्दै अहिलेसम्म जोड्न आएका छैनन् ।’ प्रदेश टुडेबाट