इन्द्रेणी संवाददाता
काठमाडौं, १३ साउन । माओवादी छोडेर नेकपा एमाले प्रवेश गरेका चार जना नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

topआफूहरूले माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरे पनि माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको नेता टोपबहादर रायमाझीको गुनासो छ ।

‘माओवादीले हटाइदियो, सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन, निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन, हामी त अहिले दलविहीनको अवस्थामा रहेर अन्यायमा परेको छौँ, सर्वोच्चले न्याय देओस्’, नेता रायमाझीले गुनासो गरे।

माओवादी र एमाले दुवै दलबाट आफूहरूमाथि अन्याय भएको समेत उनको भनाइ छ । एमालेमा प्रवेश गरेपछि लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले संसदबाट हटाएको थियो ।