इन्द्रेणी संवाददाता
हिन्दु नारीहरुको महान पर्व तीजमा बिगत दुइ बर्ष यता एकछत्र राज गर्न सफल पातली भाग ३ बजारमा सार्वजनिक भएको छ । अघिल्लो बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली १ र २ को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली ३ लिएर बजारमा आएकी छिन ।

समकालीन कलाकारहरु भन्दा फरक देखिन रुचाउने गायीका लम्सालले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष संदेश पस्कने गर्दछिन ।

युट्युबमा लाखौँ लाख दर्शकले हेर्ने र तीजको समयमा प्रत्येक गाउँ,शहरका चोक र गल्लीहरुमा गुन्जने पातली गीत यस बर्ष पनि अझै सफलता हाँसिल गर्ने गायीका लम्सालको अनुमान छ । चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएका अघिल्ला एल्बमहरुले नेपाली सांगीतिक बजार तताएपछी यस बर्ष पनि त्यस्तै टिपिकल शव्दमा सजिएको गीत पातली ३ लिएर गायीका लम्साल बजारमा आएकी हुन् ।

काठमाडौंको लडप्यालेसमा छायांकन गरिएको तीज गीत पातलीमा गायिका कला लम्साल, अन्जली अधिकारी, करिस्मा ढकाल र लोमस शर्माले नृत्य प्रस्तुत गरेका छन् भने अजय रेग्मी छायांकन गरेका हुन् ।

मौसम हिमालीले निर्देशन गरेको पातली ३ गायीका कला लम्सालको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको छ । अघिल्ला वर्षका पातली एल्बम सुपरहिट भएपछि यस बर्ष पनि त्यो भन्दा झनै टिपिकल शव्द,लय र आवाजमा आएको पातली ३ ले अघिल्ला एल्बमहरु भन्दा अपार माया पाउने गायीका लम्सालको अपेक्षा छ ।

(440) Patali 3 (Jhilke Bhena) by Kala Lamsal | Feat. Anjali, Karishma & Lomash | New Teej Song 2078 – YouTube