काठमाडौं, २४ असार । विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक ठोस छलफलविनै सकिएको छ । बिहीबार साँझ बसेको बैठकमा कार्यदल सदस्यसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेल सहभागी नभएपछि ठोस छलफल नभएको हो ।

madhav-nepal-kp-oliसिंहदरबारमा बसेको बैठकपछि पत्रकारलाई संक्षित प्रतिक्रिया दिँदै कार्यदल सदस्य एवं उपमहासचिव घनश्याम भुसालले विगत १० दिनदेखि कुनै प्रगति नभएको बताए । उनले भने, ‘१० दिनदेखि हामीले ठोस, मूर्त छलफल गर्न सकेका छैनौँ, आज बिहानको छलफल अहिले साँझा सा¥यौँ, अहिलेको छलफल भोलि बिहानलाई सा¥यौँ ।’ १० दिनदेखि एजेन्डा तय भएको र त्यसपछि कुनै प्रगति नभएको उनको भनाइ छ ।

ओली पक्षबाट कार्यदल संयोजक सुवास नेम्वाङले शुक्रबार बिहान साढे ११ बजे पुनः बैठक बस्ने प्रतिक्रिया दिए । सहमतिको प्रयास जारी रहेको उनले बताए । तीन वर्षदेखिको विवादलाई यो अवस्थासम्म ल्याइपु¥याउनु सकारात्मक भएको नेम्वाङको भनाइ छ ।
यसअघि कार्यदल सदस्यहरूले सहमतिनजिक पुगेको प्रतिक्रिया दिँदै आएका थिए । बुधबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो । नयाँ पत्रिकाबाट