इन्द्रेणी संवाददाता
दाङ, २४, असार । दाङ प्रहरीले झण्डै साढे एक लाखसहित जुवाको खालबाट पाँच जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका १० गैरीगाउँस्थित झगु प्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ४७ हजार १२५ नगदसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा तुलसीपुर १५ का खडक बहादुर वली, तुलसीपुर ५ का शरण श्रेष्ठ, तुलसीपुर ६ का मिन केतन गिरी, घोराही ७ का विनौद खाती र घोराही १५ का छवि गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा असार २३ गते करीव साढे ४ बजेको समयमा पक्राउ गरिएको हो ।











