तुलसीपुर  । लायन्स क्लव अफ दाङको २५ औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच लायन्स क्लव अफ दाङको वर्ष २०२१/०२२ का लागि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

unnamed (1)लायन्स क्लव अफ दाङ वर्ष २०२१/०२२का अध्यक्षमा गणेश अधिकारी चयन भएका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर डाँगी,प्रथम उपाध्यक्षमा भागवत घिमिरे,द्धितिय उपाध्यक्षमा बिनिल केसी,तृतीय उपाध्यक्षमा लोकबहादुर विष्ट,महासचिवमा भोजराज न्यौपाने,कोषाध्यक्षमा शुमन डाँगी,सह–सचिवमा सिमा बुढाथोकी र सह–कोषाध्यक्षमा गोरख वलि चयन भएका छन ।

त्यस्तै मेम्बरसिप डाईरेक्टरमा कोमल डाँगी,टेलटवाइस्टरमा गोपाल रावत,पिआरोमा प्रमोद बस्नेत,टेमरमा केशव भुसाल चयन भएका छन ।  लायन्स क्लव वर्ष २०२१/०२२ ले नयाँ २ वटा क्लव गठन समेत गरेको छ । लायन्स क्लव अफ दाङ कालिका मालिकाका अध्यक्ष बिरेन्द्र खड्का र लायन्स क्लव अफ दाङ टिचरका अध्यक्ष ठांकुर डाँगीको अध्यक्षतामा नयाँ क्लव गठन गरिएको हो ।