इन्द्रेणी संवाददाता
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइसीयु सेवा सुचारु हुने भएको छ । स्वास्थ्य सम्बन्धि बिभिन्न अत्याधुनिक सेवा थप गर्दै आइरहेको प्रतिष्ठानले यहि असार १ गतेदेखि आइसीयु सेवा शुभारम्भ गरेर जटिल प्रकृतिका बिरामीको उपचार गर्ने प्रतिष्ठान प्रशासनले जनाएको छ ।
त्यस्तै नेपालमा दोश्रोपटक आएको कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै गत बैशाख १९ गतेदेखि बन्द गरिएको प्रतिष्ठानको ओपीडी र सल्यक्रिया असार १ गते देखि गर्ने प्रतिष्ठान प्रशासनले एक विज्ञप्ति जारि गरि जानकारी दिएको छ ।











