काठमाडौं, १५ जेठ । सरकारले सबै कर्मचारीको तलब समान रुपमा बृद्धि गरेको छ । विगतका वर्षहरुमा प्रतिशतमा तलब बृद्धि गरिएपनि यसपटक सरकारले सबै कर्मचारीको तलवमा २ हजार बृद्धि गरेको हो ।
शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।
कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएतापनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब २ हजार वृद्धि गरेको अर्थमन्त्री पौडेलले बताए ।
यस्तै महँगी भत्तालाई निरन्तरता दिएको छ । निजामती कर्मचारीको१० लाखको दुर्घटना बीमा र १ लाखको स्वास्थय बीमा सरकारले गरिदिनेछ ।











