तुलसीपुर, १३ जेठ । तुलसीपुर उद्योग बाणिज्य संघको समन्वयमा यु.एस.ए.आइडी, तयार नेपालले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बुधबार तुलसीपुर उपमहानगरपालिका–८ अस्वारा स्थित अस्पतालमै पुगेर सर्जिकल माक्स ३६० प्याकेट, ग्लोब्स १० प्यकेट, सेनिटाइजर २० लिटर, पिपिई ५० थान, थर्मल गन ५० थान र आइसोलेसन बेड २० थान हस्तान्तरण गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि प्राप्त स्वास्थ्य सामग्री तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख पाण्डेले अमेरिकन जनताको तर्फबाट नेपाली जनताकालागि राहत साहयता सामग्री उपलब्ध गराएकोमा अमेरिकी सरकार र त्यहाँका जनतालाई धन्यावद दिए । कोरोना प्रति रक्षाका लागि स्वास्थ्य सामग्री फलदायी बन्ने र जुन उद्देश्यका लागि आएका छन त्यही उद्देश्यकालागि प्रयोग गर्ने नगर प्रमुख पाण्डेले बताए ।
कोरोना संक्रमित बिरामीको उपचार र जीवन रक्षाकालागि स्वास्थ्य सामग्रीले मद्धत गर्ने बताउँदै तुलसीपुरको पहिचान र समृद्धिकालागि स्थापनाकालदेखिनै तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको नगर प्रमुख पाण्डेले बतए ।
गोरखा ग्रुपद्धारा एक लाख ५१ हजार सहयोग
यसैगरी गोरखा ग्रुपद्धारा संचालित गोरखा माध्यामिक विद्यालय तुलसीपुरले तुलसीपुर कोभिड विपत व्यवस्थापन कोषमा एक लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । अक्सिज प्लाण्ट संचालनका लागि एक लाख २५ हजार र अक्सिजन रिफिलीङका लागि २६ हजा सहयोग गरेको हो । सहयोगी दाता गोरखा ग्रुपलाई तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दाताहरुको सहयोग र उत्प्रेरणाले नै कोरोना आइसोलेसन अस्पताल संचालनको गतिले तिब्रता पाएको भन्दै धन्यवाद दिए ।











