केशरमान बुढाथोकी

बि.सं. २०५९ साल जेठ १३ अर्थात आजकै दिन महान व्यक्तित्व कृष्ण सेन इच्छुकको तत्कालिन राज्यसत्ताले निर्मम, बर्बर तथा पाशविक तरिकाले हत्या गर्यो ।

तत्कालिन राज्यसत्ताले जनता माथि गर्ने थिचोमिचो र पशुतुल्य व्यावहारको पर्दाफास गर्दै जनताको आवाज बोल्ने र लेख्ने गरेको भरमा उनलाई राजधानी स्थित महेन्द्र पुलिस क्लवमा बर्बरताका साथ पाशविक हत्या गरिएको  थियो ।

190319142_232556248207910_5513034695935540475_n

प्रगतिवादी कवि, प्रखर लेखक, जुझारु पत्रकार, अधिकारवादी व्यक्तित्व र एक कुसल मुक्तियोद्धाका रुपमा सुपरिचित व्यक्तित्व सेनको असाधारण प्रतिभालाई  तत्कालिन निरङ्कुश शासनतन्त्रले देख्न सकेन ।

उनमा भएको क्रान्ति र बिद्रोही चेतना संग डराएर तत्कालिन राज्यसत्ताले पटकपटक गरी झण्डै दश वर्षसम्म उनलाई जेलको कालकोठरीमा निर्मम यातना दिदै थुनियो ।

krishna sen ichchhuk

जेलको कालकोठरीमा बस्दा उनलाई कैयौं पटक अनेकौ प्रलोभन देखाएर जनताको आवाज बोल्न छोड्न निर्देशन दिइयो तर बदलामा इच्छुकले झनै क्रान्तिकारी र प्रगतिवादी साहित्य सृजना गर्दै आफु भित्र भएको क्रान्ती चेत र जनाताउन्मुख भाव प्रदर्शन गरे ।

राज्यसत्ता नै परिवर्तनको संकल्प बोकेका एक कुसल यात्री तत्कालिन राज्यसत्ताको कुनै प्रलोभनमा परेनन् । उनलाई दिएका प्रलोभनले उनको यात्रा परिवर्तन नगरेपछि उनलाई राज्यसत्ताले धम्की दिन थाल्यो ।

साम्यवादी निष्ठा बोकेका प्रगतिवादी तथा परिवर्तनकामी व्यक्तित्व कृष्णसेन तत्कालिन राज्यसत्ताले दिएको प्रलोभन र धम्किबाट बिचलित हुने कुरै थिएन ।

krishnasen

उनको एक मात्र संकल्प सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादको चंगुलमा फसेको नेपाललाई यस्ता खालका बन्धेजबाट मुक्त गर्दै स्वाधीन, समुन्नत र सुखी राष्ट्रमा परिवर्तन गर्ने थियो ।

तत्कालिन क्रुर दानवीय राज्यसत्ताको व्याबहार प्रति  कठोर, दृढ संकल्प र अदम्य साहस भएका सेन आदर्श र स्वाभिमानबाट कहिल्यै बिचलित भएनन्  ।

यस्ता खालका विशेषताहरुले उनलाई कहिल्यै परिवर्तन गर्न सकिन्न भन्ने अठोट गरेर तत्कालिन राज्यसत्ताले  अन्ततः उनको पाशविक तरिकाले हत्या गर्यो ।

krishna-sen

कृष्ण सेन यो संसारमा जति बाँचे निकै सङ्घर्षशील तरिकाले सार्थक जीवन बाँचे । उनि आस्थामा अटल र अडिग रहे, मृत्युसम्मुख उभिंदा पनि तत्कालिन शासक सामु झुकेनन् ।

यी यावत गुणहरुले आफ्नो ४६ वर्षको छोटो जीवन यात्रामा महान सहिद कृष्णसेनले देश र जनताका लागि बिर्सन नसक्ने गरी गुण लगाएर गएका छन् ।

Dace

महान सहिद कृष्ण सेन ‘इच्छुक’ राष्ट्र र जनताका प्रतिभा हुन्, उनलाई कुनै राजनीतिक पार्टी वा समुहमा सीमित गरेर सङ्कीर्ण घेरामा राख्नु उनको असाधारण क्षमता प्रति घोर अपमान हुन जान्छ ।

महान व्यक्तित्व कृष्णसेनको जीवन एउटा खुला पुस्तक हो भने उनि यो राष्ट्रका एक आदर्श पुरुष हुन् । त्यसैले उनको जीवनलाई जसले पनि पढ्न सक्छ अनि आफ्नो जीवनलाई त्यहि आदर्श तर्फ उन्मुख गर्न सक्छ ।

र अन्त्यमा महान सहिद कृष्णसेन इच्छुक प्रति भावपूर्ण श्रद्धाञ्जली !