केशरमान बुढाथोकी

दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबको एक हप्ता भित्र उच्चस्तरीय प्रविधिबाट कोरोनाका बिरामीहरुको उपचार गरिने  भएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीका अनुसार प्रतिष्ठानमा सेवा विस्तार गरेर अबको एक हप्ता भित्र आइसियु तयार हुनेभएको छ ।

कोरोनाको पहिलो लहर आएका बेला स्वाब परीक्षण गर्ने मेसिन आएपनि अन्य सबै सेवा साधारण नै थिए र हाल सम्म त्यहि साधारण अवस्थामै बिरामीहरुको उपचार भइरहेको छ ।

185228849_10159262458748638_7005543323831588177_n

हाल कोरोनाको दोश्रो भेरियन आएपछि बिरामीहरुको मृत्युदर अत्याधिक बढेको र बिरामीहरु जति अस्पताल आउछन सबैलाई अक्सिजन लगाउनुपर्ने अवस्था आएकाले निकै ठुलो संकट परेको उपकुलपति भण्डारीले बताइन ।

यसको अन्त्यका लागि अब निकट भविष्यमै अत्याधुनिक सेवासुविधा थप गरेर स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।

प्रतिष्ठानमा बजेटको कुनै अभाव छैन

उपकुलपति भण्डारीले हाल आएर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बजेटको कुनै अभाव नभएको बताइन ।

‘पहिले पहिले बजेट अभावले कुनै नयाँ काम गर्न सकिएन अहिले केन्द्र सरकार र प्रदेश सरकारले आवश्यक बजेटको व्यावस्थापन गरिदिएकाले बजेटमा समस्या छैन । तर आवस्यक प्रक्रिया पुरा गरेर समान खरिद र जडान गर्नुपर्ने भएकाले थोरै समय लागेको हो ।’ उपकुलपति भण्डारीको भनाइ रहेको थियो ।

99010830_10158314943233638_2509008989677682688_n

हाल ५५ बेडमा कोरोनाका बिरामीहरुको उपचार गरिरहेको प्रतिष्ठानले अबको १० दिन भित्र १०० बेडमा बिस्तार गर्न थालेको उपकुलपति भण्डारीले जानकारी दिइन ।

बेडको पनि क्षमता बिस्तार गरेर ५५ साधारण बेड रहेको प्रतिष्ठानमा अब १०० एचडीओ बेडमा स्तरउन्नति गरिने छ ।

हप्ता दिनमा आइसियु संचालन 

यसैगरी द्रुतगतिमा आफ्नो क्षमता बिस्तार गरिरहेको प्रतिष्ठानले अबको १ हप्तामा आइसीयु संचालनमा ल्याउन थालेको छ ।

हाल सम्म दाङमा आइसीयुको ब्याबस्था नभएको बेला प्रतिष्ठानमा २५ बेड आइसीयु संचालनमा आउँ थालेको हो ।

आइसीयु संचालनका लागि हाल बिज्ञद्वारा प्रतिष्ठानका चिकित्सकहरुलाई तालीम प्रदान गरिदैछ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर भण्डारीका अनुसार तालीम सम्पन्न भए लगतै आइसीयु पनि संचालनमा आउने र कम्तिमा ३ महिना विज्ञ सहितको टोलीले आइसीयुमा काम गर्ने छन् ।

२५ बेड संचालन हुने आइसीयु तत्काल १५ बेड र केहि समय पछी १० बेड थपेर २५ बेड पुर्याइनेछ भने यसको क्षमता थप बिस्तार गर्दै लगिने छ ।

१० दिन भित्र प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबको १० दिन भित्र दुई वटा अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको छ ।

नेपाल सरकारल अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १२ करोड बजेट प्रदान गरेपछि प्रतिष्ठानले प्लान्टको खरिद प्रक्रिया पुरा गरेको हो ।

169403575_10159176665268638_5604995490542865766_n

खरिद पछी ट्रान्सपोर्ट गर्न मात्र बाँकी भएकाले अबको १० दिन भित्र अक्सिजन प्लान्ट प्रतिष्ठानमै स्थापना गरिने उपकुलपति भण्डारीले बताइन ।

उनका अनुसार प्रतिष्ठानमा पाइपलाइन मार्फत प्रत्येक बेडमा पुर्याइने अक्सिजनका लागि पाइपलाइन बिस्तार लगायतका कामहरु सम्पन्न भैसकेको र अब प्लान्ट आउन बित्तिकै जडान गरिने छ ।

कम्तिमा २ सय क्षमता भएको दुई वटा अक्सिजन प्लान्ट प्रतिष्ठानमा जडान हुने र यसले कोरोनाका बिरामी उपचारमा निकै सहजता प्रदान गर्ने छ ।

अत्याधुनिक एमआरआई मेसिन पनि जडान तत्काल जडान गरिने

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले अत्याधुनिक एमआरआई मेसिन पनि जडान गर्न थालेको छ ।

उपकुलपति भण्डारीका अनुसार नेपालभर टियु टिचिङ अस्पताल र पाटन अस्पताल पछी यो क्षमताको एमआरआई मेसिन पहिलोपटक राजधानी बाहिर दाङमा जडान गर्न लागिएको हो ।

एमआरआई मेसिन जडान गर्नका लागि सरकारले प्रतिष्ठानलाई १५ करोड बजेट प्रदान गरेपछि प्रतिष्ठानले यो जडानका लागि पहल गरेको हो ।