काठमाडौं, ११ जेठ । जेठ ५ गते गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गएको छ । पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।
युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सोमवार बेलुका काठमाण्डौ ल्याइएको थियो ।
गएको जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिकलाई तीन जनाको समूहले गोली प्रहार गरेका थिए । पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् ।











