केशरमान बुढाथोकी
दाङ, ६ जेष्ठ । औषत उचाइका मोटोमोटो आकृति गहुगोरो बर्ण भएका झट्ट देख्दा साधारण मानिस जस्तै देखिने हसिलो चेहराका एक व्यक्ति तीन जना आफ्ना सहकर्मी साथमा लिएर चैत्रको मध्य सातातिर पश्चिम नेपालको कर्णाली र लुम्बिनी प्रदेशका गाउँ तिर झुल्किए ।

गाउँमा वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीबाट फर्किएर स्वरोजगार बन्न चाहने व्यक्तिहरुका लागि धमाधम तालीम संचालन भैरहेको थियो ।

मुस्कुराउदै तालीम लिने मानिसहरु नजिक पुगेका व्यक्तिले सुरुमै आफ्नो परिचय दिन थाले – ूम वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक राजन श्रेष्ठ । तपाइँहरुलाई सुरक्षित वैदेशिक रोजगार र वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वरोजगार बनाउनका लागि बिभिन्न तालीम हामीले संचालन गर्नेगर्दछौं । यसै शिलशिलामा तालीम अनुगमन गर्न र तपाईहरु संग साक्षात्कार गर्न तपाईहरुको गाउँमा आएको ।

rajan shrestha

तालीम लिने वाला सर्वसाधारण ध्यान दिएर उनको कुरा सुनिरहेका थिए । उनले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुकालागि आइपर्ने समस्या र त्यसको सारथी बनेको वैदेशिक रोजगार बोर्डको बारेमा छोटो समयमा केहि कुरा सुनाए त्यसपछि तालीमको आवश्यकता तथा प्रभावकारिताका बारेमा सहभागी संग छोटो अन्तरक्रिया गरे । अन्तरक्रिया पछी सहभागीले वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनुपर्ने सावधानी बारे स्पष्ट बुझे । त्यस्तै सीपमुलक तालीम लिएर सकभर गाउँमै स्वरोजगार बन्ने आफ्नो अभिलाषा भएको अधिकांसले बताए ।

वैदेशिक रोजगार बोर्ड वैदेशिक रोजगारी संग सम्बन्धित रोजगारीका लागि विदेश जान चाहने, विभिन्न कारणले वैदेशिक रोजगारबाट फर्किएका र समयावधि सकिएपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि सहयोग गर्ने संस्था भएपनि यसबारे वास्तविकरुपमा वैदेशिक रोजगारीमा जाने नागरिकहरुले बुझ्न नसकेको उनको भनाइ थियो । यस्तै वैदेशिक रोजगारीमा जानेहरुलाई यसबारे जानकारी गराउन जरुरी रहेको उनको भनाइ रहेको थियो ।

187796928_1377133136020508_8296025428523481563_n

के हो वैदेशिक रोजगार बोर्ड ?
नेपालबाट परिवारको सुन्दर भविष्यको खोजि गर्दै वैदेशिक रोजगारीमा जानेहरुको संख्या ठुलो मात्रामा छ । विदेश गएर धन कमाएर ल्याउने अनि परिवारसँग हाँसीखुसी सुःखको जिन्दगी बिताउने मीठो कल्पना गर्दै नेपाली भुमि छोडेकाहरु बन्द बाकसमा नेपाल आउने कारुणिक दृश्य पनि दिनानुदिन विमानस्थलमा देखिन्छ ।
यो लगायतका यो क्षेत्रमा देखिने हजारौं समस्या समाधान गर्न, बैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित गर्नका लागि नेपाल सरकारले बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।

IMG_20210403_094510

वोर्डले मूख्यरुपमा वैदेशिक रोजगारमा गैर जीवन गुमाएका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित हुदै गएको यस क्षेत्रलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन कामदार, व्यवसायी, नागरिक समाज र अन्य सबै सम्वद्ध निकायहरु वीच समन्वय, सहयोग र सहकार्य रहनु पर्ने दृष्टिकोण वैदेशिक रोजगार वोर्डले राख्दछ ।

188325278_238375634752760_2885893388473671515_n

किन दिन्छ यसले सीपमुलक तालीम ?
वैदेशिक रोजगार वोर्डले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का आंगिक शिक्षालयहरुको सहकार्यमा छोटो अवधिका बिभिन्न सीपमुलक तालीमहरु प्रदान गर्दै आएको छ । परिवारको नाना, खाना र छानाका लागि विदेशिनुपर्ने कहालीलाग्दो वाध्यता भएका नेपालीहरु वैदेशिक रोजगारका लागि विदेशिभुमी पुगेपछि हातमा सीप नहुँदा राम्रो कमाइ हुने काम पाउदैनन । परिवारको सुन्दर भविस्य खोजेर विदेशिने र भनेजति कमाइ नभएपछी निरास हुँदै घर फर्किने अधिकांस नेपालीको विवसता हो । यो समस्या समाधान गर्ने हेतुले वैदेशिक रोजगार वोर्डले विभिन्न सीपमुलक तालीम दिने गरेको छ ।