नवलपरासी, ५ जेठ । नवलपरासीमा सशस्त्र प्रहरीले गोली चलाउदा एक जना युवाको ज्यान गएको छ ।

sutingggggप्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका रायको अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते भएका छन् ।

सीमा बन्द भएको बेलामा पनि भारतबाट आउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरी बताएको छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।