इन्द्रेणी संवाददाता
दाङ, ३ जेठ । दाङका पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ । बबई गाउँपालिका ४ निवासी पत्रकार वस्नेतको आज सोमवार दिउसो भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।
हापुरे रेडियोका पूर्व स्टेशन म्यानेजर रहेका पत्रकार बस्नेत नेपाल पत्रकार महासंघ दाङका साधारण हुन् । युनिभर्सल मेडिकल कलेजको आइसियु कक्षमा उपचार गराइरहेका पत्रकार वस्नेतमाथि केही दिन अघि कोरोनो पोजेटिभ देखिएको थियो भने केही दिनको उपचार पछि नेगेटिभ रेपोर्ट आएको थियो ।
आइतबार मात्रै कोरोनाकै कारण पत्रकार वस्नेतका बुबा टोपबहादुर बस्नेतको भैरहवामै उपचारको क्रममा निधन भएको थियो ।
यसैगरी कोरोनाका कारण दाङ दंगीशरण गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको मृत्यु भएको छ । चौधरीको ६३ बर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले बताए । उनका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज दिउसो १२ बजेतिर निधन भएको बताइएको छ ।











