काठमाडौं, ३ चैत्र । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाएको छ ।

cpnएकजनाबाहेक अरू मन्त्रीले पार्टीले पठाएको पत्र बुझेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवालय र प्रधानमन्त्रीको कार्यालयलाई उक्त पत्र पठाएको हो।

हाल माओवादी केन्द्रका तर्फबाट हाल सरकारमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री लामा रहेका छन् ।