काठमाडौं, २१ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए ।

kpहिंसात्मक द्वन्द्वमा रहेको नेकपा ९विप्लब समूह० सँग तीनबुँदे सहमति भएपछि मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य भएको प्रष्ट पारे ।

सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उनले बताए ।

नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको बताए ।

‘समृद्ध नेपाल सुखी नेपाली’ स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्ने भन्दै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गर्नुभएको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद व्यक्त गरे ।

“यो क्र्यास ल्याण्डिङ होइन, सफ ल्याण्डिङ हो” प्रधानमन्त्री अ‍ोलीले भने, “यो रातारात गरेको सहमति होइन, लामो समयपछिको उपलब्धीको परिणाम हो ।” गोरखापत्र अनलाइनबाट