काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीनबुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताएका छन् ।

biplavaaआज सरकार र विप्लब समूहबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले भने “यो सहमति सरकार र हाम्रो मात्र होइन, सहमति केवल पार्टीको कुरा मात्र होइन, नेताको कुरा मात्र होइन, सहमतिको भित्र लुकेको महान आकांक्षा छ । सहमतिपत्रको भित्र नेपाललाई समृद्ध बनाउने समृद्धिको आकांक्षा छ ।”

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै चिन्दले नेपाली राजनीतिक आन्दोलन सफलताको महत्वपूर्ण दिनको रुपमा ‘२१ गते’ लाई व्याख्या गरे ।