इन्द्रेणी संवाददाता
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्थापना दिवसको अवसरमा शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख अच्युतराज दाहाल पुरस्कृत हुनुभएको छ ।
परिषद् स्थापना दिवसको अवसर पारेर सिटिइभिटीले विभिन्न स्थानमा शिक्षालय प्रमुखको जिम्मेवारीमा रहेर कुसलता पुर्वक जिम्मेवारी पुरा गर्दै सिटिइभिटीको गरिमा बढाउने काम गरेको भन्दै दाहाललाई परिषद् उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गरेको हो ।
चितवनको स्कुल अफ हेल्थ साइन्सबाट परिषद् कर्मचारीको रुपमा झण्डै बीस बर्ष पहिले सेवा प्रवेश गरेका दाहालले हेल्थ साइन्समै ९ बर्ष शिक्षालय प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । कुसल प्रशासकको रुपमा स्थापित हुनुभएका दाहाल उक्त शिक्षालयको प्रमुख भएपछी शिक्षालयले मुहार फेरेको थियो ।
त्यसपछि नेपालगंज स्थित भेरी प्राबिधिक शिक्षालयको प्रमुखको रुपमा दुई बर्ष काम गर्नुभएका दाहालले भेरी प्राबिधिक शिक्षालयको उन्नयनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
भर्खरै मात्र शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको शिक्षालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका दाहाललाई बुधबारको परिषद् स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको हो ।











