फाल्गुन ३ राजपुर । कम नम्बर ल्याएका कारण शिक्षकले विद्यार्थी कुटपिट गरेको समाचार प्रती सिक्टा मा.बि.ले एक विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष घन बहादुर वलि र प्रधानाध्यापक बिष्णु के.सी.द्वार संयुक्त रुपमा हस्ताक्षरीत उक्त विज्ञप्तिमा बिद्यालयमा निजि श्रोत शिक्षक राजकुमार सुनारले परिक्षामा कम नम्बर ल्याएको कारण कुटपिट नगरिएको तर निज विद्यार्थीले बिद्यालयमा मोबाइलको प्रयोग गरेका कारण शिक्षकले कुटपिट गरेको विज्ञप्तिमा बताइएको छ ।
घटना पश्चात् मिति २०७७/१०/२५ मा बैठक बाट छानबिन समिति गठन गरि ०७७/१०/२८ गते छानबिन समितिको प्रतिवेदन अनुसार निज शिक्षक र विद्यार्थीले बिद्यालय ब्यवस्थापन समितिको आचारसंहिता उल्लंघन गरेकाले दुबै लाई कार्वाही गरि चोटपटक लागेको विद्यार्थीको घरमा अध्यक्ष प्रधानाध्यापक र लेखापाल पुगेर निज विद्यार्थीको अभिभावकको रोहवरमा औषधी उपचार खर्च दिएको जनाइएको छ । साथै उक्त रकम कुटपिट गर्ने शिक्षकको तलब बाट काटिने बताइएको छ । अब उपरान्त यस किसिमको घटना नदोहोर्याउने भन्दै एक पटक लाई माफी दिन शिक्षकले अनुरोध र माफी मागे पछि शिक्षक लाई माफी दिएको र अब यस्ता घटना दोहोर्याएमा जागिर बाट हाटाइने २०७७/१०/२८ को वि.व्या.स. समितिको निर्णय गरिएको बताइएको छ ।
मिडियामा शिक्षकोको नाम हेम राज बि.क. आए पनि कुटपिट गर्ने राजकुमार सुनार रहेको बिद्यालयले जनाएको छ । विद्यालयको गरिमा लाई विवादित बनाउन केही तत्व लागेको भन्दै बिद्यालयले खेद समेत व्यक्त गरेको छ ।











