काठमाडौं, २ फागुन । नेपालमा पनि नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको छ । यस्तो नयाँ भाइरस समुदायका १३ जनामा देखिएको हो ।
नयाँ भनिएको कोरोना भाइरस बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छन् ।
दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हँुदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाकृष्ण पौडेलका अनुसार ‘एस जिन’ देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको छ ।











