शान्त कुमार बुढा मगर
राजपुर, माघ २२ । राजपुर गाउपालिकामा आज गाँउपालिका अध्यक्ष विरुद्घको नारा जुलुस सहित पुत्ला दहन गर्दै पुनः ताला लगाइएको छ । विभिन्न माग राख्दै आनदोलनमा रहेका आन्दोलनरत पक्षहरुको माग सम्वोधन गर्न भन्दै हिजो वसेको कार्यपालिका वैठक निष्कर्षमा पुग्न नसके पछि आज टुंगो लगाउन आन्तरिक छलफल गरि ११ वजे वस्ने भने पनि अध्यक्ष र उपाध्यक्ष उपस्थित नभए पछि आन्दोलनरत पक्षले पुत्ला जलाएको हो ।

आन्तरीक छलफल पुरा नभएको भन्दै आइतवार मात्रै कार्यपालिकाको बैठक वस्ने जानकारी अध्यक्षले गराए पछि स्थानिय आक्रोशीत भएका हुन । वुधवारको वैठक वाट टुंगो लाग्न नसके पछि पार्टी संग आन्तरिक छलफल गरि पुनः वैठक वस्ने र आन्दोलनरत पक्षको माग पुरा गर्ने अध्यक्षले प्रतिवद्घता गरे पनि आफुहरुलाई झुक्याएको उनिहरुको भनाई छ । “ जनताको मुद्दाले डराएर अध्यक्ष लुक्नु भएको छ । तर कति दिन लुक्न सक्नुहुन्छ हामि पनि हेर्छौ । हामि हाम्रो आन्दोलन यतथावत राख्छौँ” राजपुर गाउँपालिका ६ नम्वर वडाका वडा अध्यक्ष तथा आन्दोलन कार्यक्रमका संयोजक श्याम रोकाले वताउनुभयो । उहाले गाउँ पालिकाको समस्या गाउँ पालिकामै समाधान गर्नुपर्नेमा पार्टीको कठपुतली हुनु दुखद भएको वताउनुभयो । त्यस्तै आफुलाई नचाहादा नचाहादै पनि पुत्ला दहन गर्नुपरेको कार्यपालिका सदस्य दिलमती वलीले वताउनुभयो । नारा जुलुस पछिको सभालाई सम्वेधन गर्दै वलीले भननुभयो “हामीले अध्यक्षलाई यति सम्म सहयोग गरेका छौँ कि कहिेकाही मनले नमान्दा नमान्दै पनि उहाँको निणर्यलाई हो मा हो लगाएका थियौँ तर आज जनताको समस्या सम्वोधन गर्न उहाँ टाउको लुकाउनुभयो । जुन निकै दुखद छ ।” साधारण नमुना मा.वि.को वि.व्या.स. गठन प्रकृयामा कुरा नमिल्दा हिजोको वैठक स्थगित भएको थियो । साधारण नमुना मा.वि.को वि.व्या.स. गठन ६० प्रतिशत भन्दा वढि अभिभावक उपस्थिती वाट चयन भएको समितिलाई गाँउ पलिकाले कार्यान्वयन गरेको छैन ।

आफ्नो माग सम्वोधन गर्नुका सटो आफुहरु लाई उपेक्षा गरेको र आफुहरुको आन्दोलन प्रति गम्भिर नभएको भन्दै आन्दोलनरत पक्षले आन्दोलन पेचिलो वनाउने वताएका छन् । चर्काे नारा जुलुस विच पुत्ला दहन पश्चात आन्दोलनरत पक्षले पालिकाको कार्यालयमा ताला लगाएको हो । ताला लगाउने क्रममा प्रहरीले हस्तक्षप गर्नखोज्दा आन्दोलनकारी र प्रहरी विच झडबको स्थिती शृजना भएको थियो ।
सोमबार देखि २१ जना गाउँ कार्यपालिका सदस्य सहित स्थानीयहरुले अनियमित ढुंगा उत्खनन रोक्नु पर्ने, साधारण नमुना मा. वि मा गठन गरेको वि.व्या.स.को नयाँ कार्य समिति चयनमा अनावश्यक रुपमा गाउँ पालिकाले गरेको हस्तक्षेप फिर्ता गर्नु पर्ने लामो समय देखि नबसेको कार्यपालिका बैठक बस्नु सिमा सडकमा जे सि वि तुरुन्त पठाउनु पर्ने लगायतको माग राख्दै गाउपालिकामा ताला लगाएर धर्ना सुरु गरेको हो ।











