IMG_9213

शान्त कुमार बुढा मगर

राजपुर माघ २१  । विभिन्न माग सहित सोमबार देखि राजपुर गाउपालिकामा चलिरहेको आन्दोलनकै बिचमा गाउँकार्यपालिकाको बैठक आज बसे पनि बिना निष्कर्ष भोलि बस्ने गरि स्थगित गरिएको छ ।

आन्दोलनरत पक्षको माग सम्बोधन गर्न भन्दै गाउँ पालिकाले आज बैठक बोलाएको थियो । दिउँसो  करिब  १ बजे बाट सुरु भएको बैठकमा साधारण नमुना  मा. वि.को वि.व्या.स.गठन प्रक्रिया कार्यान्वयन गराउने विषयमा सहमति हुन नसक्दा अन्य प्रस्ताबमा प्रवेश नै नगरी बैठक भोलि सम्मको लागि स्थगित गरिएको छ । साझ पाँच बजे सम्म चलेको बैठकमा उक्त बिषय लगायत अन्य बिसयमा राजनीतिक दल संग छलफल गर्नु पर्ने र आन्तरिक तयारी गरि भोलि ११ बजे बैठक बस्ने निर्णय गरेको गाउँ पालिका अध्यक्ष लोकराज के.सी.ले बताउनुभयो । आन्दोलनरत पक्षलाई भोलि ११ बजे सम्म आफू हरुलाइ समय दिन अनुरोध गर्दै सबै मागहरु सम्बोधन हुने आश्वासन  दिनुभएको हो ।

आन्दोलनरत पक्षहरूले बिहानै “देखि हाम्रो माग पूरा गर” “३६ हजार घनमिटर जग्गाको गिट्टी बालुवाको राजस्व जम्मा गर ” “औद्योगिक क्षेत्रको जग्गाको हस्तक्षेप बन्दगर ” लगायतका नारा लगाएर धर्ना आज पनि जारी राखेका छन । बि.ब्या.स. गठन बारे कुरा नमिले पछि गाउपालिकाले बिद्यालय बाट बि ब्य.स. गठन प्रक्रिया तथा उक्त दिन उपस्थित अभिभावकको सहितको कागजात मगाएर अध्ययन गरेको थियो । अध्ययन पछि पार्टी संग छलफल चलाउनु पर्ने भन्दै भन्दै निर्णय गर्न नमाने पछि स्थानीयले बहुमतिय प्रणाली लागू गर काम गर्न नसक्ने अध्यक्ष राजिनामा दे लगायतका नारा लगाएका थिए । स्थानीयले आजै सबै निर्णय गरिनु पर्ने माग राख्दै करिब २ घण्टा कार्यपालिका बन्द गरेका हुन । राजपुर गाउपालिकामा नेपाली कांग्रेस र नेकपा को सरकार छ भने नेकपाको बहुमत रहेको छ ।

सोमबार देखि २१ जना गाउँ कार्यपालिका सदस्य सहित स्थानीयहरुले अनियमित ढुंगा उत्खनन रोक्नु पर्ने, साधारण नमुना  मा. वि मा गठन गरेको वि.व्या.स.को नयाँ कार्य समिति  चयनमा अनावश्यक रुपमा गाउँ पालिकाले गरेको हस्तक्षेप फिर्ता गर्नु पर्ने लामो समय देखि नबसेको कार्यपालिका बैठक बस्नु सिमा सडकमा जे सि वि तुरुन्त पठाउनु पर्ने लगायतको माग राख्दै गाउपालिकामा ताला लगाएर धर्ना सुरु गरेको हो ।