तुलसीपुर, ८ माघ । तुलसीपुर उद्योग वाणिज्यसंघले आसन्न अधिवेशनमा सर्वसम्मत नेतृत्वका लागि सवैमा सहयोगको अपिल गरेको छ । संघका अध्यक्ष विरु रावतले बुधवार एक अपिल जारी गर्दै यो महान अभिायनमा सहयोग गर्न र सहमतिका लागि जुट्न आम व्यवसायीलार्इ आह्वान गरेका छन् ।
‘हामी तुलसीपुर उद्योग वाणिज्यसंघको आसन्न अधिवेशन र साधारणसभाको अन्तिम तयारीमा जुटिरहेका छौं । अधिवेशन र साधारणसभा स्वाभाविक र निरन्तर प्रक्रिया हुन् । तैपनि विश्वव्याधिका रुपमा रहेको कोरोना भाइरसको संक्रमणका कारण सवैभन्दा थिचोमिचोमा सर्वसाधारण नागरीकहरु परे,अनि हामीहरु पनि यसको चपेटोमा पयौं ।
जसका कारण तुलसीपुर उद्योग वाणिज्यसंघका हाल आसन्न पदाधिकारीहरुको कार्यकाल सकिंदा पनि निर्वाचनको दौडाहामा जुट्न सकेनौं, त्यो हाम्रो बाध्यता हो’, जारी अपिलमा भनिएको छ ।
विश्वव्याधि रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन समेत विश्वसमुदायमा आइरहेको तथा लकडाउनको अवस्था पनि सहज बन्दै गएपछि हामी पनि अहिले बजारमा गतिशिल बन्न आतुर देखिएको उल्लेख गर्दै अपिलमा बजारलाइ चलायमान बनाएपछि मात्र नागरीकका दैलोमा चुल्हो बल्न सक्छ भन्ने विश्वास पनि व्यक्त गरीएको छ ।
यससंगै म पनि तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षका नाताले आम व्यवसायीहरुलाइ हार्दिक अपिल गर्न चाहन्छु, भन्दै अध्यक्ष रावतले विज्ञप्तीमा यो अभियानमा क्रियाशिल हुन अत्यन्तै आवस्यक भएको पनि बताएका छन् ।











