इन्द्रेणी संवाददाता
काठमाडौं, ४ माघ । माघ महिनाको शुरुवातीसँगै मौसममा परिवर्तन आएको छ । तराईका जिल्लाहरुमा वाक्लो हुस्सु लागेको छ भने हिमालमा सेताम्मे हिउ परेको छ ।
पहाडी केही जिल्लामा पनि मौसम केही दिनदेखि वदली छ । वाक्लो हुस्सु लाग्दा, हिमालमा हिउ पर्दा र पहाडी भेगमा घाम नलाग्दा चिसो बढेर गएको छ ।
प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो छ ।
उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको मौसमविद् निराजन सापकोटाले बताए ।
तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने अपेक्षा गरिएको छ भने आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।











