इन्द्रेणी संवाददाता
पूर्व प्रधानन्यायाधीश शुशिला कार्की देशको पछिल्लो घटनाक्रम देखेर निकै चिन्तित भएको बताउछिन् । को नेता प्रधानमन्त्री छ ? कसको अनुकुल वा प्रतिकुल सरकार छ भन्ने भन्दापनी हजारौंको रगत र पसिना संग साटिएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्न लागेको तर्फ उनको चिन्ता छ ।
पछिल्लो घटनाक्रम तर्फ संकेत गर्दै कार्की भन्छिन -‘मुलुकको अवस्था लुँडो खेलसँग मिल्दोजुल्दो छ । लुँडोमा मिहिनेत गर्यो–गर्यो अन्तिममा सर्पको मुखमा पुगेपछि सीधै पुछारमा पुग्ने हुन्छ । त्यस्तै, हाम्रो देशमा पनि ०१५–०१७ सालदेखि निरन्तर उस्तै किसिमको घटना हुँदै आएको छ । म त फेसबुक र युट्युबमा हेर्न पनि सक्दिनँ । त्यो के बोल्या होला ? हास्यव्यंग्यजस्तो बोल्या छ । त्यत्रो ओहोदामा बसेका मान्छे जे पायो त्यही बोलेको छ,’ कार्कीले भनिन्, ‘राज्य चलाउनु व्यापारीको एउटा समूह चलाउनुजस्तो त होइन नि ! अरू जे भए पनि एउटा अनुशासन त मान्नुपर्छ नि !











