काठमाडौं, २ माघ । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । अझै दुई तीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

taraiमौसमविद्ध विभूति पोखरेलका अनुसार हावामा पानीको मात्रासहितको दक्षिण पूर्वी अरब सागरबाट मौसमी प्रणाली नेपाल भित्रिएकाले तीन दिनसम्म नै मौसम बद्ली हुनेछ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने खासै नरहेको उनको भनाइ छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्का हिमपात हुने र प्रदेश नं १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।