काठमाडौं, २३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताए ।

bamdev-gautamराष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमले  प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गरे ।

‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्यो, त्यो ठाउँमा म भएको भए अविश्वासको दर्ता गर्नुअघि राजीनामा दिन्थेँ । त्यसले पार्टी एकता जोगिन्थ्यो र इतिहासमा एउटा राम्रो उदाहरण पनि लेखिन्थ्यो’, गौतमले भने।