काठमाडौं, २५ मंसिर । पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।

afafलिच्छविकालीन सभ्यताको उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना भएको चित्ताकर्षकमध्येको चतुर्मुखी शिवलिंग मूर्ति कसरी चोरियो भन्ने विस्तृत विवरण आएको छैन । सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति खरिद गरेर अमेरिका लगिएको जनाइएको छ । अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) ले उक्त मूर्ति अमेरिकाको सिकागो म्युजियम पुर्‍याएको थियो ।

‘चतुर्मुखी शिवलिंगको मूर्ति फेला परेको विषयमा संकलनकर्ताको इच्छापत्रअनुसार मूर्ति नेपाललाई फर्काउने भनिएपछि मात्र जानकारी बाहिर आएको हो,’ वासिङ्टनस्थित नेपाली राजदूत अर्जुन कार्कीले कान्तिपुरसँग फोनमा भने, ‘पुरातत्त्व विभाग र परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं ।’ उनले यो मूर्तिको नेपालको अवस्थिति ९ठाउँ० बारे जानकारी पाउन नसकेको बताए । तर लिच्छविकालीन मूर्ति र सम्पदाका जानकारले यो मूर्ति पशुपति परिसरबाट हराएको पुष्टि गरेका छन् । अन्वेषक लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत उल्लेख भएको यो मूर्ति पशुपति पञ्चदेवलको बाहिरपट्टि रहेको र सन् १९८४ जुलाईमा हराएको विवरण ९पृष्ठ ११७० उल्लेख छ ।

पशुपति क्षेत्रकै सांस्कृतिक सम्पदामा विद्यावारिधि गरेका अन्वेषक गोविन्द टण्डनका अनुसार २०४४ सालमा पशुपति क्षेत्र विकास कोष गठन हुनुअघि यस क्षेत्रका धेरै पुरातात्त्विक मूर्तिहरू हराएका थिए  कान्तिपुरमा खबर छ। ‘यो चतुर्मुखी शिवलिंग पनि एक प्रकारले संरक्षणहीन र फ्याँकिएकै अवस्थामा पशुपति पञ्चदेवलको बाहिर दक्षिण–पूर्वी कुनामा थियो,’ टण्डनले भने, ‘अहिले मलामीका लागि टहरो हालिएको आश्रयस्थल छेउमा जलहरी ९आसन० सहितको चतुर्मुखी शिवलिंग थियो ।’